× कसरी काम गर्छ मूल्यदर ग्यालरी स्रोतहरू हाम्रो बारेमा हामीलाई सम्पर्क गर्नुहोस्
ब्याजहरु डाउनलोड गर्नुहोस्
लग इन
Follow us on Twitter Follow us on Facebook Follow us on Linkedin Share via email
Not By AI

तपाईंको एआई-रहित सामग्री ब्याजको लागी योग्य छ

कृत्रिम बौद्धिकता (एआई) लाई मानव-निर्मित सामग्री प्रयोग गरेर तालिम दिइन्छ। यदि मानवहरुले नयाँ सामग्री निर्माण गर्न बन्द गरे, र पूर्ण रूपमा एआईमा निर्भर रहे भने विश्वव्यापी रूपमा अनलाइन सामग्री दोहोरिने र स्थिर रहने हुन सक्छ।

यदि तपाईंको सामग्री एआई-निर्मित होइन भने आफ्नो सामग्रीमा ब्याज थप गर्नुहोस्।

तपाईं राम्रो कम्पनीमा हुनुहुन्छ। “एआईद्वारा होइन” ब्याजहरु 0+ पेजहरुमा देखाइएको छ।

उद्देश्य

मानवहरुलाई सक्कल सामग्री उत्पादन गर्न प्रोत्साहन गर्न र दर्शकहरूलाई मानव-सिर्जित सामग्री थाहा पाउन एआईद्वार होइन ब्याजहरु बनाइएका हुन्।

हालैको एक रिपोर्टले फेला पार्यो कि ७४% नयाँ वेवपेजहरुमा एआइद्वारा निर्मित सामग्री छन्।1 एआइद्वारा निर्मित सामग्रीको उछालसँगै यो कुरा उल्लेख गर्नु महत्वपूर्ण हुन्छ कि एआईलाई मानव-निर्मित सामग्रीद्वारा तालिम दिइएको हुन्छ। हामी अगाडि बढ्दै गर्दा, यदि मानवहरु नयाँ सामग्री उत्पादन गर्न पूर्ण रूपमा एआईमा निर्भर रहे भने कुनै नयाँ एआईद्वारा सिर्जित सामग्री पहिलेकै पुनःप्रयोग गरिएको सामग्री हुन सक्छ। यसले मानव उन्नतिमा ठूलो अड्चन ल्याउन सक्छ।2 हाम्रो एआई प्रतिको निर्भरतालाई सीमित गरेर र सक्कल सामग्री सिर्जना गरेर मात्रै हामी आफूलाई एक प्रजातिको रूपमा अघि बढाउन सक्छौँ।

AI using human-created content to produce new content
यो चार्टले यस्तो परिदृश्य प्रतिनिधित्व गर्छ जहाँ मानवहरु नयाँ सामग्री उत्पादन गर्न छोड्छन् र एआई पूर्व-स्थापित सामग्रीको पुनःप्रयोग गर्छ जसमा कुनै मौलिकता हुँदैन।

यो कुरा उल्लेख गर्नु राम्रो हुन्छ कि एआई प्रविधि प्रविधिको एक ऐतिहासिक कोसेढुङ्गा हो र एआईद्वारा होइन एआईको प्रयोगलाई निरुत्साहित गर्न बनाइएको होइन। बरु, हामीले यो उपलब्धि मनाउँदै गर्दा हामी एआईद्वारा प्रतिस्थापित होइन, एआईसँगै काम गर्ने हुन्छौँ भन्ने कुरा सुनिश्चित गर्न हो।

ब्याजको प्रयोग कसले गर्न सक्छन्

एआईद्वारा होइन को ९०% नियम

कुन एआई-निर्मित हो र कुन मानव-निर्मित हो भन्ने रेखा धमिलो छ भन्ने कुरा बुझ्दै, यदि तपाईं अनुमान लगाउनुहुन्छ कि तपाईंको सामग्री ९०% मानवद्वार निर्मित हो, तपाईं ब्याजहरु आफ्नो वेबसाइट, ब्लग, कला, चलचित्र, निबन्ध, पुस्तकहरू, पोडकास्ट, अथवा तपाईंको जस्तोसुकै परियोजनाहरूमा गैर-व्यावसायिक प्रयोजनका लागि, र, सदस्यता सहित, व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न योग्य हुनुहुन्छ। ९०% ले एआईको प्रयोग प्रेरणाको लागि, गोपनीयता शर्तजस्ता कानुनी कागजातहरुलाई साथ दिने (तपाईंको सामग्री वा सेवा कानुनसँग सम्बन्धित छैन भन्ने मान्दै), SEO मेटा ट्याग वा कोड जस्ता प्रयोगकर्ताले नदेख्ने सामग्रीहरू, र व्याकरण गल्ती र लेखन अशुद्धता खोज्ने, र सामग्रीको अनुवाद गर्ने समेटिन सक्छन्।

कृपया ध्यान दिनुहोस् कि एआईद्वारा होइन एक एआई पत्ता लगाउने उपकरण होइन; हाम्रो उद्देश्य यस्ता प्रयोगकर्ताहरू प्रति लक्षित छ, जो मानव-सिर्जित सामग्रीको तथ्य खोज्न होइन तर स्व-इच्छाले मानव-केन्द्रित पहुँचको वकालत गर्न चाहनुहुन्छ।

सुविधाहरू

तपाईंलाई प्रतिष्ठित एआईद्वारा होइन ब्याजहरु दिइनुका साथै (एकपटक अनुमोदित भएपछि), एआईद्वारा होइनको सदस्यको हैसियतले, हामी तपाईंलाई आफ्नो रचनात्मक प्रक्रिया र पहुँचको अभिलेखिकरण गर्न प्रोजेक्ट पेज तयार पार्न सहयोग गर्नेछौँ। यसले तपाईंका दर्शकहरूलाई तपाईंले एआईको प्रयोग विना वा धेरै थोरै प्रयोगबाट वास्तवमै कसरी आफ्नो सामाग्री बनाउनुहुन्छ भन्ने कुरा जान्न सहयोग गर्छ।
ब्याजहरु
ब्याजहरु
+
प्रोजेक्ट पेज
प्रोजेक्ट पेज
तपाईंको ब्याजहरुबाटै एक प्रोजेक्ट पेज लिंक गर्न सकिन्छ। यो तपाईंका ग्राहकहरू, सम्भावित ग्राहकहरू, र प्रयोगकर्ताहरूको लागि तपाईंको मानव प्रयास एक ब्याज राख्नुभन्दा धेरै ठूलो हो भनेर पहिचान गराउन एक महत्त्वपूर्ण पेज हो। यो विशेष गरेर त्यो बेला महत्त्वपूर्ण हुन्छ जब उनीहरूले समाधान गर्न चाहेको व्यावसायिक समस्या जटिल हुन्छ र प्रशिक्षित व्यक्तिहरुद्वारा अनुकूलित समाधान आवश्यक हुन्छ। एआईद्वारा होइनबाट तपाईं सक्नुहुन्छ:
  • तपाईंको मानव-केन्द्रित समाधानहरूमा प्रकाश पार्न
  • तपाईंको सामग्री एआई भ्रमहरुबाट सुरक्षित छ भनेर प्रमाणित गर्न
  • प्रतिस्पर्धाबाट आफूलाई भिन्न राख्न
  • तपाईंको सामग्री एआई प्रतिलिपि अधिकार उल्लंघनबाट सुरक्षित छ भनेर देखाउन
  • आफ्नो ब्रान्डको विश्वास र विश्वसनीयता बढाउन
हामीसँग जोडिनुहोस्
प्रशिक्षित जनशक्ति वा एआई डिटेक्टर बिना तपाईंको मानव सामग्री एआई-सिर्जित सामग्रीबाट छुट्टाउन लगभग असम्भव हुन्छ। एआईद्वारा होइन ब्याजहरुको प्रयोगले तपाईंका दर्शकहरूलाई तपाईंको मानव-प्रथम पहुँच चिन्न सहयोग गर्छ जसको कारण तपाईंको सामग्री साँच्चै तपाईंबाट हो र ChatGPT, Claude, वा Gemini जस्ता जेनेरेटिभ एआईबाट कपी र पेस्ट गरिएको होइन भन्ने वहाँहरुले बुझ्नुहुन्छ।
अझ महत्त्वपूर्ण कुरा, यसले सचेतना बढाउँछ र धेरै व्यक्तिहरूलाई मौलिक सामग्री उत्पादन गर्न प्रोत्साहन गर्छ। यस प्रक्रियाले हामी, एक प्रजातिको रूपमा, मानव सामग्रीप्रति समग्र रूपमा योगदान पुर्याउन र एआईद्वारा निर्मित पुनःप्रयोग गरिएको सामग्रीबाट सामग्रीहरू प्रतिस्थापन हुनबाट रोक्न सुनिश्चित गर्छ।
ब्याजहरु
ब्याजहरु
हामी ब्याजहरु गैर-व्यावसायिक प्रोजेक्टहरुका लागि १००% निःशुल्क उपलब्ध गराउँछौँ। एआईद्वारा होइन नारा सकेसम्म व्यापक रूपमा फैलाउनु हाम्रो उद्देश्य हो। यदि तपाईं हामीलाई साथ दिन चाहनुहुन्छ भने कृपया हाम्रा सशुल्क सदस्यताहरू वा दान गर्न विचार पुर्याउनुहोला।

केही वेबसाइटहरु, जस्तै WIRED, समान उद्देश्यहरू प्राप्त गर्न घोषणाहरु प्रकाशन गर्छन्। तर, ती घोषणाहरु प्रकाशन गरेको केही क्षणमै नदेखिन सक्छन्। एआईद्वारा होइन ब्याजहरुबाट तपाईंले यो सन्देशहरुले निरन्तर देखिने कुरा निश्चित गर्न सक्नुहुन्छ।

ग्यालरी

वेबसाइटमा थप्नुहोस्
कलाकृतिमा थप्नुहोस्
एपमा थप्नुहोस्
निबन्धमा थप्नुहोस्
पुस्तकमा थप्नुहोस्
एल्बम कभरमा थप्नुहोस्
ब्लग लेखमा थप्नुहोस्
चित्रकलामा थप्नुहोस्

अझै बढी प्रेरणा देखाउनुहोस्

हामीलाई साथ दिनुहोस्

सम्पूर्ण एआईद्वारा होइन नारा वास्तविक मानवहरुद्वारा निर्मित हो। तपाईंको साथले परिवर्तन ल्याउँछ। सामग्री निर्माताहरुलाई सशक्तिकरण गर्न र मानवता अझै अगाडि बढ्ने कुरा सुनिश्चित गर्न आजै दान गर्नुहोस्

आज दान गर्नुहोस्
  1. 74% of New Webpages Include AI Content (Study of 900k Pages) https://ahrefs.com/blog/what-percentage-of-new-content-is-ai-generated/
  2. AI produces gibberish when trained on too much AI-generated data https://www.nature.com/articles/d41586-024-02355-z

द्वारा मान्यता प्राप्त